२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा लेक लागेर १९ वर्षिया युवतीको मृत्यु


0
Shares

सोलुखुम्बु, साउन १२ । सोलुखुम्बुमा लेक लागेर एक किशोरीको मृत्यु भएको छ ।

महाकुलुङ गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने पाँच पोखरीको बाटोमा लेक लागेर छेस्कामकी १९ वर्षिया भविकुमारी कुलुङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पाँच पोखरीमा लाग्ने मेलामा पसल सञ्चालन गर्न जाने क्रममा लेक लागेपछि उपचारका लागि घरतर्फ झार्ने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।