
तस्विर : फाइल
स्याङ्जा, साउन १२ । अविरल बर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा खण्ड अवरुद्ध भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर– ४ गौतमडाँडामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अविरल वर्षाका कारण राजमार्ग खुलाउन समस्या भैरहेको जनाइएको छ ।
वर्षा रोकिना साथ डोजर लगाएर राजमार्ग खुलाउने तयारी भई रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा खण्डमा साना र ठूला गरी दर्जनौ स्थानमा पहिरो गएको छ ।
प्रतिक्रिया दिनुहोस्