
काठमाडौं, साउन १२ । काठमाडौंको महाबौद्ध क्षेत्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नं २७ का एकै घरका ५ जना र अर्का १ जनामा संक्रमण पुष्टि भएको जनाइएको हो ।
उनिहरुलाई टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको वडा अध्यक्ष चिनियाँ बज्राचार्यले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ४ पुरुष र २ महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्