
तस्विर : फाइल
प्यूठान, साउन १२ । लकडाउन हटेपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेका कारण यात्रुहरु मार्कामा परेका छन् ।
सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दे सुरक्षाका मापदण्ड पालना गरी सवारी चलाउन निर्देशन दिए पनि प्यूठानमा त्यसको पालना नहुँदा समस्या बढ्दै गएको छ ।
सार्वजनिक सवारीमा कोचाको नै गरी यात्रु बोक्ने गरेको पाइएको छ ।
सार्वजनिक यातायातका साधनले यसअघि ५० रुपैंया भाडा लिने गरेको खलंगा–बाग्दुला सडकखण्डमा अहिले १ सय ५० रुपैयाँसम्म भाडा लिने गरेका छन् ।
प्रहरीले भने भाडा बढी लिने गरेको पाईए कारवाहि गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्