
कास्की, साउन १२ । पोखरा महानगरमा सोमबार थप १ चिकित्सकसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्कीको पोखरा महानगरका २ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
निर्देशनालयले पोखरा महानगरका २९ वर्षीय पुरुष र ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्