१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्वारेन्टिनमा एक युवकले गरे आत्महत्या


0
Shares

बर्दिया, साउन १२ । बर्दियाको एक क्वारेन्टिनमा बस्दै आएका एक युवकले गएराति आत्महत्या गरेका छन् ।

अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवारस्थित आफन्त कहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन् ।

क्वारेन्टिनको पछाडिको रुखमा आफैंले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

युवक दश दिन अघि भारतको राजस्थानबाट आएर ठाकुरबाबामा आफन्तकहां बस्दै आएका थिए ।

आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो ।

उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो ।

पीसीआर रिपोर्ट अझै आई सकेको छैन । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् ।

उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ ।