१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीमा तरकारीको मूल्य तेब्बरले बढ्यो


0
Shares

सर्लाही, साउन १२ । सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ ।

केही दिन देखि निरन्तर परेको बर्षाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ ।

पानीले धेरैजसो तरकारी खेतबारीमै नष्ट भएको किसानले बताएका छन् ।

लामो लकडाउनपछि विस्तारै तरकारीले बजार पाउन थालेको अवस्थामा अधिक वर्षाले फेरी व्यापक क्षति पुर्‍याएको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राजकुमार महतोले बताउनुभयो ।

लालबन्दीस्थित थोक तरकारी बजारमै अहिले हरेक तरकारीको मूल्य आकासिएको छ ।

मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् ।

किसानबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म पुग्ने तरकारीको मूल्य अझै महँगिएको छ ।