१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थपिए १३९ जना कोरोना संक्रमित, ६२६ जना डिस्चार्ज, मृत्यु हुनेको संख्या ४८ पुग्यो


0
Shares

काठमाडौं, साउन १२ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

आइतबार पर्सा वीरगंज बस्ने ६५ वर्षीय भारतीय नागरिकको, आइतबारै धनुषा शहीदनगरका ३६ वर्षीय पुरुषको र बारा फेटाका ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको हो ।

कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नयाँ १ सय ३९ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर हाल १६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । ४ हजार ९ सय ५० जना आइसोलेसनमा छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.12

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.12#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, July 27, 2020