
फाइल तस्वीर ।
स्याङ्जा, साउन १३ । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ ।
प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल गरिएको हो ।
अत्यावश्यक सेवा बाहेक अनावश्यक हिडडुल नगर्न आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।
कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा पुतलीबजार बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा गएको आशंका गरिएको छ ।
पुतलीबजार नगरपालिका सिल भएसँगै सदरमुकामका बजार पूर्ण रुपमा बन्द भएको छ ।
समुदायमा संक्रमण फैलिएको आशंकासँगै स्थानीयले कोरोना परिक्षण नागरिक स्तरमा लैजान माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्