१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमका कृषक अग्र्यानिक आलु खेतीमा आकर्षित


0
Shares

तेह्रथुम, साउन १३ । तेह्रथुमका कृषकहरु अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

रासायनिक तथा बिषादीको प्रयोग गरी उत्पादन गरेका आलुले मानव स्वस्थ्यमा प्रतिकुल असर पर्ने भन्दै उनीहरु अग्र्यानिक आलुखेतीतर्फ आकर्षित भएका हुन् ।

रासाईनिक भन्दा अग्र्यानिक रुपमा उत्पादन भएका आलु बजारमा बिक्रि हुन थालेपछि कृषकले आफ्नो बारीमा अग्र्यानिक तरीकाबाट आलु उत्पादन गर्न थालेका छथर गाउँपालिका आङदिमका कृषक रेनुका गुरुङले बताउनुभयो ।

गाउँ गाउँमा सडक सञ्जालहरुको बिकास भएपछि कृषकहरु नगदेबाली तर्फ आकर्षित भएका हुन् ।

आलु खेतीबाट उनीहरुले बार्षिक ३ लाख रुपैयाँ सम्म आम्दानी गदै आएकाछन् ।

आलु खेती बर्षमा दुईबाली हुने गरेको छ ।