
काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ ।
सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको चाइनिज पेस्तोल बरामद गरेको प्रहरीले जनाएको हो ।
मंगलबार बिहान ९ बजे कमलपोखरी चोकमा चेक जाच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेसंगै प्रहरीले पिछा गर्दै जादा कमलादी स्थित नबिल बैक नजिक झोला फालेर भागेको थियो ।
उक्त झोला भित्र दुइवटा गोली नभएको पेस्तोल, आधा केजी सक्कली र साढें १४ केजी नक्कली सुन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख श्यामलाल ज्ञवालिले जानकारी दिनुभयो ।
बरामद सुन जस्तो धातु परीक्षण गर्दा आधा किलो मात्र सक्कली बाँकी साढे चौध किलो चाँदिमा सुनको जलप रहेको पाइएको प्रहरीले जनाएको छ ।
नक्कली सुनलाइ सक्कली भनेर बिक्री गर्ने गिरोहले उक्त सामान फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अन्सन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गाडीको नम्वर पहिचान भैसकेकाले फरार ब्यक्तिहरु चाँडै नै पक्राउ पर्ने प्रहरीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्