१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भन्सार राजश्व ५७ प्रतिशत सङ्कलन


0
Shares

काठमाडौं, साउन १३ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल रु. २८ अर्ब ३६ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले कूल रु. ४९ अर्ब ६४ करोड राजश्व सङ्कलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड बराबरले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र हासिल गरको हो ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आव २०७४/७५ मा रु. ३२ अर्ब ८१ करोड राजश्व सङ्कलन भएको थियो ।

उक्त अवधिमा रु. ३१ अर्ब २४ कारेड लक्ष्यमा १ अर्ब ५६ करोडले बढी अर्थात १०५ प्रतिशत राजश्व संकलन गरेको थियो ।

आव २०७४/७५ मा पनि लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५
७६ मा पनि राजश्व लक्ष्य भन्दा कम उठेको थियो ।

सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुका कारण राजश्व घटेको जनाइएको छ ।

गत आर्थिक बर्ष कोभिड–१९ को विश्वव्यापी महामारी र लकडाउन कारण व्यापारिक कारोवार ठप्प हुँदा लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो ।

उहाँले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजश्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको दाबी समेत गर्नुभयो ।