२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रहरी प्रधान कार्यालयमै कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित प्रहरीको संख्या १८४


0
Shares

nepal police headquarter corona

काठमाडौं, साउन १३ । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

संक्रमित मध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा कार्यरतहरु रहेको जनाइएको छ ।

यसअघि सोमबार स्याङ्जाको जिल्ला प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

अहिलेसम्म १८४ जना प्रहरी संक्रमित भएकामा ९९ जनालाई निको भएको पनि प्रवक्ता शाहीले जानकारी दिनुभयो ।