१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवन घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जवाफदेहिता निगरानी समितिको माग


0
Shares

AWC logo

काठमाडौं, साउन १३ । चितवनमा नेपाली सेनाको कुटाईबाट मारिएका र घाइते बनाइएकाका बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही गर्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ ।

यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट गम्भीर घाइते भएका चितवन राप्ती नगरपालिका २ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । घटनामा अरु ५ जना घाईते भएका थिए ।

चेपाङ समुदायका ती ५ पुरुष र २ महिलालाई निकुञ्ज क्षेत्रमा निउरो टिप्न आएको भन्दै निर्मम यातना दिइएको समितिका संयोजक चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै साउन ३ गते चितवनकै माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुमखोलामा २०५३ सालदेखि बस्दै आएका चेपाङ समुदायका भूमिहीन सुकुम्बासीका दुई घरमा आगजनी गर्नुका साथै आठ वटा घर हात्ती लगाएर भत्काइएको थियो ।

सुरक्षा निकाय र निकुन्जका अधिकारीबाट भएका दुबै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानून बमोजिम कारबाही गर्न जवाफदेहीता निगरानी समितिले सरकारसँग माग गरेको हो ।

समितिले पीडितलाई न्याय दिलाउन प्रयास गर्नुको साटो वन मन्त्री शक्तिबहादुर बस्नेतले संसदीय समितिमा जबरजस्ती नउठाइएको भन्दै घटना ढाकछोप गर्न खोजेकामा पनि आपत्ति जनाएको छ ।