
काठमाडौं, साउन १३ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै घुस लिने दुई जनालाई भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले सेवाग्राहीबाट ४ लाख लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।
उनीहरुलाई सिद्धार्थनगर नगरपालिकास्थित सेञ्चुरी बैंकबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्