
काबुल, साउन १३ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक हप्ताभित्र शान्ति वार्ता सुरू हुने मङ्गलबार बताउनुभएको छ ।
तालिम तालिमसँगको महत्वपूर्ण कैदीबन्दीहरूको आदानप्रदानको प्रक्रिया पूरा हुने बित्तिकै आगामी एक हप्तामा शान्ति वार्ता सुरु हुने राष्ट्रपतिले बताउनुभयो ।
“शान्तिप्रति सरकारको प्रतिबद्धता प्रदर्शन गर्न इस्लामिक रिपब्लिकले छिट्टै पाँच हजार तालिवान कैदीहरूलाई रिहा गर्ने काम पूरा गर्नेछ,” घानीले राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूलाई बताउनुभएको छ ।
सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्दासाथ तालिवान विद्रोहीसँग प्रत्यक्ष वार्ताको आह्वान गर्नेछ, उहाँले तालिवान विद्रोहलाई शान्तिवार्तामार्फत अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस्