८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतमा बेलगाम बन्दै कोरोना, एकैदिन थपिए ५२ हजारभन्दा धेरै संक्रमित, ७७५ को मृत्यु


0
Shares

corona india record high death

एजेन्सी, साउन १५ । नेपालको दक्षिण छिमेकी भारतमा कोरोना संक्रमणका अवस्था बेलगाम बन्दै गएको देखिँदैछ ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरस (कोभिड (१९) का ५२ हजारभन्दा बढी संक्रमित फेला परेको जनाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या १५ लाख ८४ हजारनजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामै कोरोना भाइरसको कारण भारतमा ७७५ जनाको मृत्यु भएको पनि जनाइएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ । १० लाख २० हजार ५८२ जनामा भने संक्रमण निको भएको छ।

भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नमूना परीक्षण गरिएको जनाइएको छ ।

नेपाल–भारत खुला सीमा भएकाले भारतमा भाइरस यसरी बेलगाम बन्दा नेपालमा पनि चिन्ता थपिएको छ ।