२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा


0
Shares

gagan thapa congress primeminister corona health

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका कांग्रेस सांसद थापाले सरकारको आलोचना गर्नुभएको हो ।

संक्रमण भूसको आगोझैँ फैलिरहेको तर न परीक्षणको दायरा बढाएको नत अस्पताल केन्द्रित तयारी गरेको भन्दै थापाले सरकारको आलोचना गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओली पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गज्जबको काम गरेँ भन्दै भजन गाउँनमा व्यस्त रहेको आरोप लगाउँदै थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ –सरकार अब अति भो ।’