१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकैदिन थपिए ५५ हजार कोरोना संक्रमित


0
Shares

काठमाडौं, साउन १६ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला पेरका हुन ।

यो सगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार नाघेको छ ।

बिहीबार पनि ५२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा इटलीलाई उछिनेर ३५ हजार ८ सय ७ पुगेको छ ।

इटलीमा हालसम्म ३५ हजार १ सय ३२ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका कारण ७७९ जनाको ज्यान गएको छ ।

भारतमा कूल कोराना संक्रमित मध्ये १० लाख ५७ हजारभन्दा धेरै निको भएका छन् ।

भारतको महाराष्ट्र, तामिलनाडु र दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन् । (एजेन्सी)