
काठमाडौं, साउन १६ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
आइसियुमा उपचाररत उनको शुक्रबार बिहान करिब ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।
मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी हालै वीरगन्जबाट आएकी थिइन ।
उनका् स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गरिंदै थियो ।
उनमा निमोनियाको समस्या रहेको डा. शर्माले बताउनुभयोे ।
मृतकको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्