
पोखरा, साउन १६ । कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र खुलेका छन् ।
लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान छ ।
बिहीबारबाट यहाँका करिब १० प्रतिशत होटलमात्र संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ ।
संघका अध्यक्ष विकल तुलाचनले होटल व्यवसायहरु खुल्ला गर्ने भनेर सूचना आएपनि अहिले नै व्यवसाय खोल्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले होटल चल्नेभन्दा पनि विस्तारै तयारीका लागि खोल्न थालेको बताउनुभयो ।
पोखराका ठुला होटल फुलवारी, ग्राण्ड, सांग्रिला, फिस्टेल, टेम्पल ट्री स्वीस इन्टरनेशनल र बाराही लगायत होटल अझै खुलेका छैनन् ।
उनीहरु पर्ख र हेरको अवस्थामा रहेकाछन् ।
पोखराका केही होटलले सरकारको सूचना बमोजिम आंशिक रुपमा कर्मचारी राखेर संचालनमा ल्याएको बताएका छन् ।
सञ्चालित होटलहरुमा कर्मचारीलाई मास्क र पञ्जा अनिवार्य गर्दै ग्राहकको पनि ज्वरो नाप्ने र सेनिटाइजर वा हात धुने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्