
बाग्लुङ, साउन १६ । विश्वकै लामो भनेर दावी गरिएको बाग्लुङ-पाङ जोड्ने झोलुङ्गे पुल शुक्रबारबाट सर्वसाधारणका लागि खुला भएको छ ।
बाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल गत चैत महिनामा नै निर्माण पूरा भएको थियो ।
५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो उक्त पुल निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरण हुन सकेको थिएन ।
पुल हस्तान्तरण नभए पनि सर्वसाधारणका लागि आजबाट खुला गरिएको निर्माण कम्पनी थानी÷विएलटि÷हिमशिखर जेभीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।
बाग्लुङ नगरपालिकाले उक्त पुललाई विश्वकै लामो दाबी गर्दै तथ्याङ्ग विभागमा आवश्यक जाँचका लागि पठाएको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले बताउनुभयो ।
पुल करिब साढे २५ मिटर झोलुङ्गो छ भने यसको आयु करिब ५० वर्षको हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्