१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिकामा निषेधाज्ञा


0
Shares

नुवाकोट, साउन १६ । कोरोना संक्रमित भेटिएपछि विदुर नगरपालिका– ८ मा निषेधाज्ञा जारी गरिएको छ ।

विदुर नगरपालिका– ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नका लागि उक्त वडाको केउरेनी आसपासको चार किल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै नुवाकोटकै सुर्यगढी गाँउपालिकामा पनि जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमित हुनेहरुको संख्या बढ्न थालेपछि प्रशासनले सम्बन्धित क्षेत्रमा निषेधाज्ञा जारी गर्न थालेको हो ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।