१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मल नपाउँदा सर्लाहीका कृषक चिन्तित


0
Shares

सर्लाही, साउन १६ । सर्लाहीलगायतका तराईका जिल्लामा रासायनिक मलको अभाव भएको छ ।

धान उखु जस्ता बालीमा मल राख्ने बेला भएपनि मल नपाउँदा कृषक चिन्तित भएका छन् ।

सर्लाहीमा करिब ४६ हजार हेक्टर जमिनमा धान खेती र २५ हजार हेक्टरमा उखु खेती हुने गरेको छ ।

समयमा मल र सिँचाइ गर्न सके उत्पादन राम्रै हुने कृषक बताउँछन् ।

कृषकले धान रोप्ने बेला प्रतिकठ्ठा डिएपी ४ केजी, युरिया २.५ केजी र पोटास डेढ किलो राख्नुपर्छ त्यस्तै रोपेको २२–२५ दिनमा युरिया दोस्रो पटक डेढ किलो र पसाउने बेलामा डेढ किलो गरी तीन पटक मल हाल्नु पर्ने कृिष ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्द राय बताउनुहुन्छ ।

उता वैशाखपछि मल नआएकाले आफूसँग मौज्दात नभएर कृषकलाई आवश्यक मल दिन नसकेको कृषि सामग्री कम्पनी शाखा सर्लाहीले जनाएको छ ।