
बारा, साउन १६ । बाराको जितपुर सिमरामा निषेधाज्ञा जारी गर्न स्थानीयले माग गरेका छन् ।
स्थानीय तहले बेवास्ता गरेपछि जितपुर सिमरा उपमहानगरका नगरबासीले निषेधाज्ञा जारी गर्दै एक घर एक पीसीआर परीक्षण गर्न सरकारसँग माग गरेका हुन् ।
उपमहानगरमा रहेको उद्योगहरुमा भारतीय मजदुर लुकिछिपी आएर काम गरेको र बजारमा निर्वाध हिँडडुलसमेत गरेपछि नगरबासीले जोखिम हुने देखेर सरकारसँग निषेधाज्ञा र परीक्षणको माग गरेको हो ।
जितपुर सिमरा उपमहानगरसँगै टाँसिएको वीरगञ्जमा संक्रमण समुदायमा फैलिएर ११ जनाको मृत्यु भएपछि त्रसित नगरबासीले स्थानीय तहको विश्वास गुमेको भन्दै निषेधाज्ञा र परीक्षणको ब्यापक माग गरेका छन् ।
यसैबीच जितपुर सिमरा सार्वजनिक सरोकार समितिले बैठक गरी तत्काल निषेधाज्ञा र परीक्षण गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्