
झापा, साउन १६ । पूर्वी नाका काँकरभिट्टामा सुरक्षामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि ३२ जना सशस्त्र प्रहरीसहित ११७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पठाइएको थियो ।
त्यसमध्ये १२ जना सशस्त्र प्रहरीको शुक्रबार रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शशीकला राईले जानकारी दिनुभयो ।
बिहीबार मात्र पाथीभरा गण पाडाजुंगीका तीन जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उता कोरोना संक्रमित बाह्रदशी गाउँपालिकामा समुदायका दुई व्यक्तिहरुको सम्पर्कमा आएका ४१ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
बाह्रदशीमा पहिलो पटक समुदायका व्यक्तिमा कोरोना सरेको पाइएको हो ।
प्रतिक्रिया दिनुहोस्