१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


खोकना विवादका अदृश्य कारणहरुको खोजी गर्नुपर्छ : प्रधान सेनापति थापा


13
Shares

काठमाडौं, साउन १६ । प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा देखिएको समस्याका समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताउनुभयो ।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताउनुभयो ।

खोकनाको समस्याले गम्भिर बनाएको उहाँले बताउनुभयो ।

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित बासस्थानको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।

देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।