
काठमाडौं, साउन १६ । कोरोना भाइरसको महामारीकाबीच विश्वको अर्थतन्त्रमा गिरावट आएको छ ।
कोरोना महामारी सुरु भएदेखि हालसम्मको अवधिमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै अमेरिका, जर्मनी र फ्रान्स र स्पेनले आर्थिक मन्दी व्यहोरेका छन् ।
कोरोना महामारीको ६ महिनाको आवधिमा अमेरिकी अर्थतन्त्रमा ३२ दशमलब ९ प्रतिशत गिरावट आएको छ ।
कोरोना महामारीबीच अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकको अवधिमा अर्थतन्त्रमा व्यापक गिरावट आएको हो ।
यो गिरावटलाई सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था मानिएको छ ।
दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार अर्थतन्त्रको ठूलो कारक मानिएको उपभोक्ता खर्चमा व्यापक गिरावट आउँदा कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको बताइएको छ ।
दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४ दशमलव ६ प्रतिशतको गिरावट आउन सक्ने आंकलन गरिएको छ ।
यस्तै फ्रान्स पनि आर्थिक मन्दीको चपेटामा परेको छ ।
नयाँ तथ्याकंअनुसार फ्रान्समा १३ दशमलव ८ प्रतिशत अर्थतन्त्रमा गिरावट आएको छ ।
फ्रान्समा निर्यात, लगानी र उपोभोक्ता खर्चमा कमी आउँदना अर्थव्यवस्थामा गिरावट आएको हो ।
फ्रान्सपछि स्पेनमा पनि अन्य देशको तुलनामा अर्थ व्यवस्थामा गिरावट आएको छ ।
स्पेनको जिडीपीमा दोस्रो त्रैमासिकमा लगभग २० प्रतिशत गिरावट आएको छ ।
यो अनुमान गरिएको भन्दा धेरै रहेकोले यी मुलुकहरुले ठूलो मुल्य चुकाउनुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्