४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


फोरजी सेवा विस्तार निर्धारित समयभित्र हुन नसक्नुको कारण उपलब्ध गराउन समितिको निर्देशन


0
Shares

काठमाडौं, साउन १६ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिन भित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणी कुमारी खड्काले टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाईको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरुप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन समितिले दिएको छ ।

यसैगरी, नेपाल टेलिकममा रणनितिक साझेदार भित्र्याउन अघि बढाईएको प्रक्रियाको सन्दर्भमा कुन मोडालिटिमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पस्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नेपाल दुरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

यस्तै नेपाल भित्र सञ्चालित दुरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ ।