२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेनाले प्रादेशिक स्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने


0
Shares

काठमाडौं, साउन १६ । नेपाली सेनाले प्रादेशिक स्तरमा अस्पताल विस्तार गर्ने नीति अनुरुप महांकालमा रहेको त्रि-चन्द्र मिलिटरी हस्पिटलको भवन व्यापारिक प्रयोजनमा प्रयोग गर्ने भएको छ ।

नेपाली सेनाले शुक्रबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर हितग्राहीहरुकै चाहना अनुसार अस्पतालको नवनिर्मित भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिन लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा सैनिक कल्याकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागर केसीले हिताधिकारीकै चाहना बमोजिम व्यापारिक प्रयोजनका लागि दिन लागिएको बताउनुभयो ।

उहाँले अस्पतालमा बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गरेर भवनलाई व्यापारिक प्रायोजनमा प्रयोग गर्ने दिएको बताउनुभयो ।

उहाँले भवनबाट आर्जन हुने रकमले देशभर स्वास्थ्य सेवा विस्तार गरिने बताउनुभयो ।

यस्तै कल्याण्कारी कोषमा ४५ अर्ब ८६ करोड ५० लाख रहेको सेनाले जनाएको छ ।

यस वर्ष १८ दशमलव ९० प्रतिशत कोषमा रकम वृद्धि भएको भन्दै केसीले कोरोनाको महामारीका बीच पनि कोषमा रकम वृद्धि सन्तोषजनक बताउनुभयो ।