
काठमाडौं, साउन १८ । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिनुभएको हो ।
दुबै महिला वीरगन्ज १६ नगवा निवासी रहेको उहाँले जानकारी दिनुभयो । ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो । पछि पिसिआर नतिजा आउँदा संक्रमण पोजेटिभ देखिएको हो ।
अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो । डा. सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जानकारी दिनुभयो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्