१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ


0
Shares

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय दिपेश चौधरी रहेका छन् ।

दुवैले चोरीको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

केही दिन यता मोटरसाइकल चोरीका घटना बढ्न थालेको गुनासो आएपछि प्रहरीले सक्रियता देखाउन थालेको हो ।