
बारा, साउन १८ । भारतबाट सयौको संख्यामा सवारी साधन भित्रदा तराईका जिल्लामा कोरोना संक्रमण बढेको छ ।
भारतीय मालबाहक सवारी साधनका कारण पथलैया-वीरगन्ज औद्योगिक करिडोर अन्तरगतका बारा पर्सा जिल्लामा कोरोना संक्रमण बढेको हो ।
भारतको बिहार हुँदै नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका चालक सहचालकको स्वास्थ्य परीक्षण र मापदण्ड केही नहेरी निर्वाध प्रवेश गराइँदा संक्रमणको जोखिम भएको हो ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा लुकीछिपी आएका भारतीय मजदुरमा संक्रमण भएको पुष्टि भएको हो ।
वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहबाट भित्रिएका भारतीय कामदारले संक्रमण फैलाएको स्थानीयको आरोप रहेको छ ।
प्रतिक्रिया दिनुहोस्