७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो


0
Shares

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको हो ।

कोरोना भाइरस संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४६ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा ३१ जना थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोनाबाट निको भएर घर फर्केका छन् ।

अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । यो संख्या ७१ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । ५ हजार ३ सय ६२ जना आइसोलेसनमा रहेका छन् ।

१० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले गत साउन १४ गतेको निर्णय अनुसार नेपालमा कहीं पनि आरडीटी परीक्षणलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.18

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.18

Posted by Ministry of Health and Population-Nepal on Sunday, August 2, 2020