१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले घट्यो तराईमा राखीको रौनक


0
Shares

सर्लाही, साउन १८ । तराई मधेसका जिल्लाहरुमा यस वर्ष राखी पर्व अर्थात रक्षाबन्धनको रौनक कम भएको छ ।

कोरोना भाइरसको संक्रमण र नेपाल–भारत सीमामा कडाई रहेकाले मधेसमा राखी पर्वको रौनक घटेको हो ।

मिथिला क्षेत्रमा साउन पूर्णिमाको दिन अर्थात् सोमबार मनाउने राखीको साउन शुक्ल पक्ष लाग्नासाथ तयारी सुरु हुन्छ ।

सीमा नाकामा कडाई रहेकाले व्यवसायीहरुलाई भारतबाट राखी ल्याउन समस्या भएको सदरमुकाम मलङ्गवाका अगुवा व्यापारी सञ्जय गुप्ताले जानकारी दिनुभएको छ ।

कोरोनाको त्रासका कारण टाढा वा विदेशमा रहेका दाजुभाई र दिदीबहिनीबीच भेटघाट हुने सम्भावना कम भएकाले पनि रौनक कम भएको जनाइएको छ ।