
काठमाडौं, साउन १८ । साताको पहिलो दिन आईतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।
कारोबार भने उच्च नै झण्डै २ अर्ब हाराहारी पुग्यो ।
यस दिन उतारचढाव बिच बजार परिसुचक नेप्से ४२ अंकले ओरालो लागेर १३ सय ९६ कायम भई थामियो ।
यसदिन कारोबार भएका सबै समुह ओरालो लागेसँगै नेप्से पनि उच्च दरले ओरालो लागेको हो ।
यसदिन नीर्जिवन बिमा समुह सबैभन्दा उच्च २ सय ८३ अंकले ओरोलो लाग्दा जीवन बिमा समुह २ सय ३१ अंकले झर्यो ।
यसदिन लघुवित्त, होटल, उत्पादनमुलक, वाणिज्य बैंक, विकास बैंक, वित्त, जलविद्युत र व्यापार समुह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार कित्ता शेयर १ अर्ब ८४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्