
काठमाडौं, साउन १९ । कोरोना भाइरसले सारा समाजलाई त्रस्त बनाइरहेका बेला जनै पूर्णिमाका दिन पशुपति क्षेत्रमा मेला नै लागेको छ ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा घुईंचो देख्दा कोरोना भाइरसको त्रासमा मानिस नभएको देखिन्थ्यो ।
पशुपति क्षेत्र मात्र होइन देशका विभिन्न तलाउ, मन्दिर, तीर्थस्थलहरुमा मानिसको घुँईचोले कोरोनालाई चुनौती दिइरहेको भै देखिन्थ्यो ।

सोमबार हिन्दू धर्मावलम्बी तागाधारीहरु जनै पूर्णिमा अर्थात् रक्षाबन्धन मनाइरहेका छन् । यस क्रममा उनीहरुले विभिन्न नदी, तलाउ, मठ मन्दिरमा पुगेर भगवानको पूजा आराधना गरी आफ्ना आस्था प्रकट गरेका हुन् ।

तर अहिले कोरोना भाइरसका कारण मुलुक सन्त्रस्त रहेको र भौतिक दूरी कायम गर्दै होशियारी अपनाउन आग्रह गरिए पनि पाशपत क्षेत्रमा पुग्दा त्यस्तो देखिन्नथ्यो ।
मानिसहरु झुण्डका झुण्ड पहुपति क्षेत्रमा आइरिएका देखिन्थे ।

तस्वीरः रमेश ढुंगेलको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्