
काठमाडौं, साउन १९ । युवाहरुलाई फुटबल प्रशिक्षण र जीवनोपयोगी तालिम दिदैं आएको नेपाल युथ प्रोग्रामले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको कुलेश्वरस्थित तीनकुने मैदानमा आयोजित कार्यक्रममा नेपाल युथ प्रोगार्म (एनवाईपी) र हेल्पलेश चिल्ड्रेन मदर सेन्टरमा आबद्ध ७० परिवारलाई राहत सामग्री वितरण गरियो ।
जर्मनीको फ्रेन्ज बेकेनबाउर फाउण्डेशन र फोएरदेभेरियन जय नेपाल युथ प्रोग्रामको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।
कार्यक्रममा दैनिक अत्यावश्क खाद्य सामग्री, कोभिड १९ बाट बच्न आवश्यक स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको थियो ।
सन् २०१५ मा पूर्व राष्ट्रिय नेपाली फुटबल खेलाडी राजीव नेपालीले शुरु गर्नुभएको नेपाल युथ प्रोग्राममार्फत हालसम्म ५ सयभन्दा बढी युवा तथा बालबालिकाले फुटबल तथा अन्य विविध तालिम लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्