१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील


0
Shares

काठमाडौं, साउन १९ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गर्नुभएको छ ।

पछिल्लो समय सरकारले लकडाउन हटाइ सके पछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ ।

तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपील गर्नुभएको हो ।

अहिलेको समयमा एक अर्काबिच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गर्नुभएको हो ।

उहाँले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न आग्रह गर्नुभएको छ ।

यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गर्नुभएको छ ।

हामीले काम ब्यबहारमा एक अर्का बीच दूरी कायम गर्न सके सक्रमण हुने झिनो सम्भावना मात्र रहने उहाँले बताउनुभएको छ ।