१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा रासायनिक मलको अभाव


0
Shares

shailung unable to supply chemical fertilizer

प्यूठान, साउन १९ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा प्यूठानमा रासायनिक मलको अभाव भएको छ ।

मल नपाएपछि किसानहरु चिन्तित बनेका छन् ।

धान, मकै तथा तरकारीमा रासायनिक मल हाल्नुपर्ने भएपनि मल बितरण गर्ने निकायमा युरीया मल अभाव भएको हो ।

कोरोनाका कारण बजार बन्द भएको र यातायात नचल्दा किसानहरुले मल पाउन सकेका छैनन् ।

समयमै मनसुन शुरु भएर खुशी भएका किसानहरु यतिखेर मल नपाउँदा भने उत्पादनमा कमी आउने भन्दै चिन्तित भएका छन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले भारतबाट मल नआउँदा समस्या भएको बताउदै आएका छन् ।

पछिल्लो समय जिल्लामा कम्पोष्ट मलभन्दा रासायनिक मलको प्रयोग बढि हुने गरेको छ ।