
काठमाडौं, साउन १९ । भारतमा कोरोना (कोभिड १९) संक्रमितको संख्या १८ लाख नाघेको छ ।
गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना पजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोनाका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या ३८ हजार १३५ पुगेको पनि जनाइएको छ ।
यस्तै, संक्रमितमध्ये ११ लाख ८६ हजार बढी व्यक्ति निको भएर फर्किएका छन् ।
भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्यका रुपमा रहेको छ ।
हाल महाराष्ट्रमा मात्र १ लाख ४८ हजार बढी संक्रमितको अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्