२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका तीन सदस्ययीलाई कोरोना पुष्टि


0
Shares

काठमाडौं, साउन १९ । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिन सामान्य ज्वरो आएको थियो ।

आइतबार उहाँसहित घरका अन्य सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भैरहेको जनाइएको छ ।

अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले जानकारी दिनुभएको छ ।

विराटनगरमै रहनुभएका मुख्य न्यायाधिवक्ता आचार्यमा कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन ।

यद्दपी वहाँ नियमितरुपमा कार्यालयको काम र बैठकहरुमा सहभागी हुँदै आउनुभएको थियो ।