
काठमाडौं, साउन १९ । प्रहरीले पशुपती आर्यघाटबाट जलाउन लागिएको शव सहित एक युवकलाई हत्या आरोपमा पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका छम्पी—९ का २९ बर्षिय सन्तोष नेपालीलाई आफ्नै बावुको हत्या गरेको आरोपमा जलाउन लागेको उनको बावुको शव सहित नियन्त्रण लिएको हो ।
आफ्नो बुवाको कुटपिटपछि हत्या गरी आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएका सन्तोषलाई प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको हो ।
गोदावरी नगरपालिका–छम्पी ९ का ५० वर्षीय रामकृष्ण नेपालीको हत्या भएको आशंकामा उनको शव सहित उनको छोरा सन्तोषलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर प्रमुख टेक प्रसाद राइले बताउनुभयो ।
आरोपी सन्तोषका अनुसार गत श्रावण १५ गतेका दिन आफ्नी श्रीमती र बावुको अनैतिक सम्बन्धका सन्दर्भमा सोधपुछ गर्ने क्रममा बाबु छोराबीच कुट्पिट भएको र घाइते बाबुलाई उपचारका लागि सैनिक अस्पताल छाउनी लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्