१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसिड आक्रमण गर्नेलाई दिइने दण्ड सजाय बढाउन महिला समितिको निर्देशन


0
Shares

काठमाडौं, साउन १९ । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय कम भएको निष्कर्ष सहित सम्बन्धित कानूनलाई समय सापेक्ष परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसका लागि समन्वय गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाई समेत निर्देशन दिइएको छ ।

छलफल पछि समिति सभापति निरुदेवी पालले बैठकका निर्णयहरु सुनाउँदै उत्पीडन तथा एसिड आक्रमण सम्बन्धी कानूनी व्यवस्था र दण्ड सजायलाई समय सापेक्ष परिमार्जन गर्न आवस्यक देखिएकाले संबन्धित विद्यमान कानूनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन निर्देशन दिइएको उल्लेख गर्नुभयो ।

समितिले एसिड आक्रमणका उजुरी तत्काल समबोधन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले बजारमा एसिड सहज रुपमा उपलब्ध हुने भएकाले अक्रमणका घटनाहरु घटिरहेको उल्लेख गर्दै विक्री वितरणमा कडाई गर्नुपर्नेमा जोड दिएका छन् ।