
काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार पार्क निर्माणको शिलान्यास गर्नुभयो ।
भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो ।
भोटेजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताउनुभयो ।
भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उहाँले बताउनुभयो ।
बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो ।
महानगरपालिकाको वातवरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।
पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्