
डेलराज रानाभाट (ईमेज)
चितवन, साउन १९ । मनसुन सक्रिय हुनु र लिफ्ट सिँचाई आयोजनाले पानी पठाउन थालेपछि चितवनमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ ।
धान खेती हुने पूर्वी चितवनका सबै ठाउँमा रोपाइँ सकिएको छ । पश्चिम चितवन र माडीका केही ठाउँमा वाहेक सबै ठाउँमा रोपाइँ हुँदा यो बर्ष चितवनका किसान पनि दंग छन् ।
ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ कमला न्यौपानेले चितवनमा रहेको ४६ हजार ८ सय ९४ हेक्टर खेती योग्य जमिन मध्ये ३२ हजार २ सय १५ हेक्टरमा धान खेती भएको बताउनुभयो ।
गएको वर्ष गरिमा जातको धानले नोक्सान व्यहोर्नुपरेको किसानहरुलाई यस वर्ष भने स्थानीय जात तर्फ सावित्री , मनसुली, रामधान, साबा, हर्दिनाथ र हाइव्रिड तर्फ स्वर्ण सब, युएस ३ सय १२, लोकनाथ जातको धान रोपिएको छ ।
यस पटक आकाशबाट परेको पानीबाट पनि रोपाइँ धेरै भएको छ भने नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालयले अहिले ८ क्यूसेक पानी नहरमा फालिरहेको छ ।
किसानको आवश्यकता अनुसार १२ क्युसेक पानी फाल्न सक्ने क्षमता रहे पनि आकाशे पानी परी रहेको कारण यसपटक रोपाइँमा खासै समस्या देखिएको छैन । कार्यालय गेट अप्रेटर योगविलास बन्जारा ।
ज्ञान केन्द्रले विदेशबाट फर्किएका युवाहरुलाई कृषि कार्यमा अग्रसर गराउन विभिन्न कार्यक्रमहरुसमेत गर्दे आएको छ ।
गत बर्ष गरिमा जातको धानले रुवाएको किसानलाई यस वर्ष युरिया मल समयमै नपाउँदा रुवाउने बनाएको छ ।
भारतबाट मल पर्याप्त नआउँदा किसानहरु प्नि निराश वन्दै गएका छन् ।
रोपेको धानमा युरिया राख्ने समय आएपछि अझै एक महिना मल आयात हुन नसक्ने बताईएको छ । सूचना अधिकारी त्रिपाठी बताउुहून्छ ।
मनसुनले साथ दिँदा मल नहुने मल हूँदा धानको जातले साथ नदिँदा किसान सधैँको पीडामा छन् ।
गत वर्ष जिल्लामा वर्खेधान ४० हजार मेट्रिक टन उत्पादन भएको थियो ।
यस पटक समयमै मल पाउन सके उत्पादन वढ्ने ज्ञान केन्द्र चितवनको विश्वास रहेको छ ।
भिडियो हेर्नुहोस्
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्