१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धितोपत्र बोर्डलाई सूचना सच्याउन सगुनको आग्रह


0
Shares

sagoon nepal america india

काठमाडौं, साउन १९ । नेपाल धितोपत्र बोर्डलाई सर्च इञ्जिन सगुनले सूचना सच्याउन आग्रह गरेको छ ।

बोर्डलाई जिम्मेवार निकाय भन्दै सगुनले विषयवस्तुको गम्भीरता नबुझी जारी गरिएको सूचना सच्याउन आग्रह गरेको हो ।

सगुनले नेपालमा बस्ने नेपालीलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापन नगरेको पनि प्रष्ट गरेको छ ।

सगुनले विज्ञप्तिमा भनेको छ, ‘नेपाल धितोपत्र बोर्ड जस्तो जिम्मेवार निकायबाट तथ्य र विषयवस्तुको विवेचना नगरी यस संस्थाको नाम उल्लेख गरी सूचना प्रकाशित गरिएको छ । प्रकाशन पूर्व हामीसँग बुझ्नु पर्नेमा बुझ्दै नबुझी सुनुवाईको मौका समेत नदिई नाम उल्लेख गरी प्रकाशित गरेको सार्वजनिक सूचनाबाट हाम्रो र हाम्रा लगानीकर्ताको मनोबल र ख्यातिमा आँच पुग्न गएकाले दुःख व्यक्त गर्दछौं ।’

बोर्डले गत साउन १४ गते सार्वजनिक सूचना निकाली सुगनमा लगानी नगर्न भनेको थियो । सगुनले बोर्डमा स्पष्टीकरण निवेदन समेत दर्ता गराइसकेको जनाएको छ ।

सगुनले आफू अमेरीकाको डेलावयर राज्यमा गैर आवासीय नेपालीहरुको सक्रियतामा स्थापना भएको संस्था भएको जनाउँदै विश्वभर सामाजिक सञ्जालको रुपमा काम गर्दै आएको प्रष्ट गरेको छ ।

आफू सामाजिक सञ्जालको रुपमा फैलिएको भन्दै सगुनले अमेरिकाको धितोपत्र तथा विनिमय आयोगबाट सेयर सम्बन्धी कारोबार गर्न अनुमति लिएको पनि जनाएको छ ।

यसमा गैरआवासीय नेपाली र विश्वका अरु नागरिकले आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत पुँजी बराबरको सेयरमा लगानी गर्न पाउँछन् ।