
काठमाडौं, साउन १९ । नेपालस्थित जापानी दूतावास अगाडी जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।
विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए ।
अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै विदामा नेपाल आएकाहरु यतै रोकिएका थिए ।
जापान सरकारले अगस्ट ५ बाट नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटरका लागि दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन ।
नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र विदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन ।
दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नु भन्दा ७२ घण्टा अगाडी कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।
उपत्यका सहित देशभरी संक्रमणको जोखिम बढेपनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्