१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेपत्ता पंकज मृत भेटिए


0
Shares

स्याङ्जा, साउन १९ । स्याङ्जामा एक महिनादेखि बेपत्ता एक युवक मृत भेटिएका छन् ।

स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित भीरमा मृतक पंकज गिरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कँणेलले जानकारी दिनुभयो ।

यसअघि आइतबार सिद्धार्थ राजमार्गभन्दा ५/६ सय मिटर तल भालुपहाडको फेदीस्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।

चापाकोट नगरपालिका-५ सेखाम काम्तीका १९ वर्षीय गिरी गत असार १८ गतेदेखि बुलेट मोटर साइकलसहित बेपत्ता भएका थिए ।