
तस्विर : फाइल
सुनसरी, साउन १९ । प्रदेश १ मा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
योसंगै प्रदेश १ मा संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस्